१३ भदौ २०८३, शनिबार | August 29, 2026

बुटवलमा होटल व्यवसायी संघद्वारा तीज मिलन कार्यक्रम सम्पन्न



बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । वर्षभर व्यवसायमा व्यस्त रहने महिला व्यवसायीबीच शुभकामना आदानप्रदान, नाचगान र दर खुवाएर कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले तीजलाई प्रायः गलत रूपमा व्याख्या गर्ने प्रवृत्ति रहेको उल्लेख गरिन् । उनले तीजलाई केवल श्रीमानको दीर्घायुको व्रतका रूपमा नभई, पार्वतीको विद्रोहको कथा र महिलाको आत्मबलसँग जोडिएको दिनका रूपमा लिनुपर्नेमा जोड दिइन् । अर्यालले भनिन्, “तीज एउटा संघर्षको दिन हो । गीत, नृत्य र सांस्कृतिक अभ्यासमार्फत महिलाले अधिकार स्थापित गर्न सफल भएका छन् । त्यसैले यस दिनलाई खुसी, शुभकामना आदानप्रदान र मिठास बाँड्ने पर्वका रूपमा मनाउनुपर्छ ।”

कार्यक्रम संयोजक मैनादेवी आचार्यले तीजको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्दै यसलाई महिलाको अधिकार संघर्षसँग सम्बन्धित पर्वका रूपमा व्याख्या गरिन् । उनले समयसापेक्ष तीज मनाउने शैलीमा परिवर्तन भए पनि अब महिला अधिकारभन्दा माथि उठेर नेतृत्व क्षमताको विकासमा जोड दिनुपर्ने धारणा राखिन् ।

त्यसैगरी, यक ब्रुअरी कम्पनी र यति डिष्टिलरीका डिपुटी म्यानेजर प्रितम गिरिले स्वदेशमै गुणस्तरीय पेय पदार्थ उत्पादन गरी निर्यात गर्न सफल भएको बताए । उनका अनुसार हाल १७ देशमा पेय पदार्थ र १४ देशमा बियर निर्यात भइरहेको छ । उनले पर्यटन व्यवसायसँग जोडिएका करिब ६ सय व्यवसायीलाई फ्याक्ट्री भ्रमण गराउने योजनासमेत रहेको जानकारी दिए ।

कार्यक्रमका अध्यक्ष माधवकुमार खनालले संघको वार्षिक कार्यक्रमअन्तर्गत तीजमा महिला व्यवसायीलाई दर खुवाउने परम्परालाई निरन्तरता दिइएको बताए ।

कार्यक्रममा संघका प्रमुख सल्लाहकार माधव प्रसाद नेपाल, निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठ, सल्लाहकार समुन्द्र जिसी, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा र महासचिव केशव कंडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  ४ : १३ बजे

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा