६ श्रावण २०८३, बुधबार | July 22, 2026

पूर्णायु आयुर्वेद अस्पताल ‘ग्लोबल स्टार सर्वोत्कृष्ठ स्वास्थ्य सम्मान–२०८२’ सहित दुई अवार्डबाट सम्मानित



काठमाडौं । काठमाडौंको भिमसेनगोलामा रहेको पूर्णायु आयुर्वेद अस्पतालले ‘ग्लोबल स्टार सर्वोत्कृष्ठ स्वास्थ्य सम्मान –२०८२ र ‘राष्ट्रिय आयुर्वेद गौरव सम्मान –२०८२’बाट सम्मानित भएको छ ।

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल प्रहरी क्लबमा शनिबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अस्पताललाई सो सम्मानबाट सम्मानित गरेका छन् ।

विज्ञ चिकित्सकहरु, अस्पतालका कर्मचारी र अस्पतालप्रशासनमार्फत गुणस्तरीय आयुर्वेदिक चिकित्सा सेवा उपलब्ध गराउन सकेकै कारण अस्पतालले सम्मान प्राप्त गरेको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर लक्ष्मण पौडेलले बताए । ‘ग्लोबल स्टार सर्वोत्कृष्ठ स्वास्थ्य सम्मान –२०८२’ र ‘राष्ट्रिय आयुर्वेद गौरव सम्मान –२०८२’ गरी दुई वटा अवार्डबाट एकैपटक सम्मानित हुने पूर्णायु नेपालको पहिलो अस्पताल भएको डाक्टर पौडेलले दाबी गरे ।

अस्पतालमा ग्यास्ट्रिकदेखि मिर्गौला, क्यान्सर, पाइल्स, फिसर, फिस्टुला, सुगर, प्रेसर, थाइरोइड, पत्थरी, छाला, मानसिक समस्याका साथै अन्य कैयौं जटिल रोगहरूको जरा समातेर उपचार गर्दै आएको छ ।

अस्पतालले ‘स्वस्थ नेपाल, समुन्नत नेपाली’ भन्ने अठोटका साथ आयुर्वेद चिकित्सकीय सेवा प्रदान गर्दै आएको छ ।यस अस्पतालमा तीन दशकदेखि आयुर्वेदमा समर्पित विज्ञ चिकित्सकहरुले सेवा दिइरहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ८ : २५ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन