१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पूर्णायु आयुर्वेद अस्पताल ‘ग्लोबल स्टार सर्वोत्कृष्ठ स्वास्थ्य सम्मान–२०८२’ सहित दुई अवार्डबाट सम्मानित



काठमाडौं । काठमाडौंको भिमसेनगोलामा रहेको पूर्णायु आयुर्वेद अस्पतालले ‘ग्लोबल स्टार सर्वोत्कृष्ठ स्वास्थ्य सम्मान –२०८२ र ‘राष्ट्रिय आयुर्वेद गौरव सम्मान –२०८२’बाट सम्मानित भएको छ ।

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल प्रहरी क्लबमा शनिबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अस्पताललाई सो सम्मानबाट सम्मानित गरेका छन् ।

विज्ञ चिकित्सकहरु, अस्पतालका कर्मचारी र अस्पतालप्रशासनमार्फत गुणस्तरीय आयुर्वेदिक चिकित्सा सेवा उपलब्ध गराउन सकेकै कारण अस्पतालले सम्मान प्राप्त गरेको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर लक्ष्मण पौडेलले बताए । ‘ग्लोबल स्टार सर्वोत्कृष्ठ स्वास्थ्य सम्मान –२०८२’ र ‘राष्ट्रिय आयुर्वेद गौरव सम्मान –२०८२’ गरी दुई वटा अवार्डबाट एकैपटक सम्मानित हुने पूर्णायु नेपालको पहिलो अस्पताल भएको डाक्टर पौडेलले दाबी गरे ।

अस्पतालमा ग्यास्ट्रिकदेखि मिर्गौला, क्यान्सर, पाइल्स, फिसर, फिस्टुला, सुगर, प्रेसर, थाइरोइड, पत्थरी, छाला, मानसिक समस्याका साथै अन्य कैयौं जटिल रोगहरूको जरा समातेर उपचार गर्दै आएको छ ।

अस्पतालले ‘स्वस्थ नेपाल, समुन्नत नेपाली’ भन्ने अठोटका साथ आयुर्वेद चिकित्सकीय सेवा प्रदान गर्दै आएको छ ।यस अस्पतालमा तीन दशकदेखि आयुर्वेदमा समर्पित विज्ञ चिकित्सकहरुले सेवा दिइरहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ८ : २५ बजे

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा