७ चैत्र २०८२, शनिबार | March 21, 2026

आर्थिक सुधारका लागि सरकार गम्भीर छ : अर्थमन्त्री पौडेल



बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था सुधार गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार बुटवलमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा अर्थमन्त्री पौडेलले रुपन्देहीका उद्योगी तथा व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका गुनासो सुनेका थिए । उक्त कार्यक्रम नेकपा एमाले रुपन्देही अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको हो ।

व्यवसायी तथा उद्योगीहरूले बजेट, मौद्रिक नीति र अन्य नीतिगत तथा व्यवहारिक आर्थिक समस्याहरूबारे आफ्ना सुझाव राखेका थिए। सो अवसरमा अर्थमन्त्री पौडेलले व्यवसायीहरूका जिज्ञासामा स्पष्ट जवाफ दिँदै सरकारको उद्देश्य आर्थिक स्थायित्व र समृद्धि हासिल गर्नु रहेको बताए ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनमा सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे । “विमानस्थल निर्माण गरेर गल्ती गरिएको होइन। सञ्चालनमा केही ढिलाइ भयो, तर समाधानका उपायहरू पहिल्याइएका छन्,” पौडेलले भने, “नीतिगत तयारी गरेका छौं, आवश्यक निर्णयहरू भइसकेका छन्, आवश्यक परे थप निर्णय गर्न सरकार तयार छ । कसैलाई पश्चाताप गर्नु नपर्ने गरी यसलाई सफल बनाउनेछौं ।”

खुला नेपाल-भारत सीमाना र त्यसबाट हुने अवैध कारोबारबारे बोल्दै उनले यो समस्या समाधान गर्न सरकार एक्लैले मात्र नभई व्यवसायीहरूको समेत सहयोग आवश्यक रहेको बताए । “खुला सिमानामा हुने अवैध कारोबार नियन्त्रण चुनौतीपूर्ण छ,” उनले भने, “गृहमन्त्रालय, अर्थमन्त्रालय र निजी क्षेत्रले मिलेर मात्र समाधान सम्भव छ ।”

करीब चार घण्टा लामो अन्तरसंवादमा अर्थमन्त्री पौडेलले रुपन्देहीका पूर्वाधार परियोजनाहरू-जस्तै बुटवल-नारायणगढ सडक, बुटवल-गोरुसिंगे सडक, बुटवलको चौराहा-गोलपार्क सडक विस्तार, मोतीपुर औद्योगिक कोरिडोर, तिनाउ दानव कोरिडोर, सेमलारमा बन्ने कृषि थोक बजार केन्द्र, अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र, लुम्बिनी प्रादेशिक अस्पतालको भवन तथा सेज (विशेष आर्थिक क्षेत्र) सञ्चालनका विषयमा छलफल गरेका थिए ।

कार्यक्रममा ३०० भन्दा बढी उद्योगी-व्यवसायीको सहभागिता रहेको उद्योग, वाणिज्य तथा आपूर्ति विभाग नेकपा एमाले रुपन्देहीका अध्यक्ष बाबुराम बोहोराले जानकारी दिए । अर्थमन्त्रीले उठेका प्रश्नहरूको जवाफ मात्र दिएनन्, प्राप्त सुझावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि जनाएको अध्यक्ष बोहोराले जानकारी दिए । साँझ ५:३० बजे सुरु भएको कार्यक्रम राति १० बजेसम्म सञ्चालन भएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १० : ०५ बजे

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका