२२ मंसिर २०८२, सोमबार | December 8, 2025

लोडसेडिङ अन्त्य भएको ७ वर्षपछि चितवनबाट लोडसेडिङ पुनः सुरु



चितवन । नेपाल विद्युत् प्राधिकरणले नेपालभर लोडसेडिङ अन्त्य भएको घोषणा गरेको ७ वर्षपछि प्राधिकरणले चितवनबाट पुनः लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको प्राधिकरणले लोडसेडिङ अन्त्य भएको घोषणा गरेको ७ वर्षपछि चितवनबाट लोडसेडिङ तालिका सार्वजनिक भएको हो ।

२०७३ सालको लक्ष्मीपूजाको दिनबाट प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यका र २०७५  वैशाख ३१ गतेदेखि नेपालका प्रमुख शहरमा लोडसेडिङ अन्त्य भएको घोषणा गरेका थिए ।

तत्कालिन कार्यकारी निर्देशक घिसिङले अव सधैंको लागि लोडसेडिङको अन्त्य भएको बताएपनि कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएको ३ महिना पुग्दा चितवनबाट लोडसेडिङको सुरुवात भएको छ । यद्देपी प्राधिकरणले यो तालिका केही दिनका लागि मात्र भनेको छ ।

विद्युत् प्राधिकरण चितवन वितरण केन्द्रले स्थानीय ग्राहकका लागि नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । प्राधिकरणको चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको हो । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको प्राधिकरण चितवले जनाएको छ ।

वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी(माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो । प्रकाशित तालिका अनुसार नारायणी-माडी फिडरहरूमा बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म विद्युत जानेछ भने मेघौली-विजयनगर–शुक्रनगर फिडरहरुमा बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म विद्युत सप्लाई हुने छैन । त्यसेगरि जगतपुर-रामपुर फिडरहरूमा दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म लोडसेडिङ गरिने छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १० : ४६ बजे

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन