२१ असार २०८३, आइतबार | July 5, 2026

बाँस उद्योगको प्रवर्द्धनको माग गर्दै खोटाङका मेयरले माइतीघरमा सुरु गरे सत्याग्रह



काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बाँस र स्थानीय उत्पादनको प्रवर्द्धनको माग गर्दै सत्याग्रह सुरु गरेका छन् ।

आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलामा मेयस भट्टराईले सत्याग्रह सुरु गरेका हुन् । उनी बाँस तथा बाँसबाट निर्मित सामग्रीसहित सत्याग्रहमा बसेका छन् ।

भट्टराईले स्थानीय स्रोत र सीपमा आधारित बाँसका उत्पादनलाई प्राथमिकता दिनु पर्नेमा सरकार उदासीन बनेको गुनासो गरेका छन्।

उनका अनुसार यसअघि जेठ २३ र असार ६ गते प्रधानमन्त्रीलाई सात बुँदे मागसहितको ज्ञापन पत्र बुझाइएको थियो, तर अहिलेसम्म कुनै कार्यान्वयन नदेखिएकोले आफू सत्याग्रह गर्न बाध्य भएको हो।

उनी सत्याग्रहमा बस्नुअघि बाँस र त्यसबाट बनाइएका मान्द्रो, गुन्द्री, राडी, पराललगायतका सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोजेका थिए । तर सुरक्षाकर्मीले रोक लगाइदिए ।

मागहरू सम्बोधन नभए आगामी तीन दिनसम्म निरन्तर सत्याग्रह गर्ने र त्यसपछि पनि सुनुवाइ नभए आमरण अनशनमा बस्ने चेतावनी उनले दिएका छन्।

उनी साउन ४ गते नै बाँस तथा परम्परागत सामग्रीसहित काठमाडौं पुगेका थिए।

खोटाङमा यसअघि फागुन महिनामा पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन आयोजना गरिएको थियो, जसको उद्देश्य बाँसजन्य उद्योग र हस्तकलाको प्रवर्द्धन गर्नु रहेको थियो।

 

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १२ : ४९ बजे

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर