२९ मंसिर २०८२, सोमबार | December 15, 2025

उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण



बुटवल । बुटवलमा उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषका विषयमा अभिमुखीकरण गरिएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलको आयोजनामा आज सङ्घमा आबद्ध उद्योगी व्यवसायीलाई अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा सामाजिक सुरक्षा कोष बुटवल शाखाका कार्यालय प्रमुख केदार पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कोष, यसको स्थापना, उद्देश्य, सञ्चालन, योगदानकर्ता, योजना, आबद्ध हुने प्रक्रिया, प्राप्त हुने लाभ र आश्रित परिवारले पाउने सेवा सुविधालगायतका विविध विषयमा जानकारी गराएका थिए ।

उनका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकको जीवनभरको सुरक्षाका लागि श्रमिक तथा रोजगारदाताले संयुक्त रूपमा योगदान गर्ने सरकारी योजना हो । जसमा योगदानकर्ता कामदारको नाममा मासिक तलबको ३१ प्रतिशतको दरले रकम जम्मा हुन्छ । त्यसमध्ये कामदारको तलवबाट ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत योगदान गर्नुपर्ने उनले बताए ।

त्यसबापत कोषले दुर्घटना बिमा, स्वास्थ्योपचार, मातृत्व भत्ता, शिशु स्याहार भत्ता, घातक रोग उपचार खर्च, दीर्घकालीन पेन्सनलगायतका सेवा प्रदान गर्दछ । उक्त कोषमा औपचारिक, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक र वैदेशिक रोजगारदाता पनि यो कोषमा आबद्ध हुन सक्नेछन् ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि श्रमिकलाई भविष्यमा आइपर्ने सङ्कटको सामना गर्न सहज हुने विश्वास व्यक्त गरे । उनले योगदानमा आधारित सामाजिक सुरक्षा र सुविधा समेत प्राप्त हुने भएकाले निम्न आय भएका व्यक्तिका लागि बलियो टेवा पुग्ने उल्लेख गरे ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले साउथ एसियाको कुल गार्हस्थ उत्पादनको आधारमा नेपालमा श्रमिकलाई दिइने न्यूनतम पारिश्रमिक एकदमै राम्रो रहेको र यहाँको महँगीलगायतका आधारमा ज्यादै न्यून रहेको बताउँदै यी दुईबीचको तारतम्य नमिल्दा युवाहरु विदेश पलायन भइरहेको भनाइ राखे । उनले सामाजिक सुरक्षा कोष श्रमिकको मात्रै नभई उद्योगी व्यवसायीको समेत हितमा रहेको बताउँदै यसलाई अझै वैज्ञानिक बनाउन आवश्यक रहेकामा जोड दिए ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १० : ०३ बजे

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू