२८ चैत्र २०८२, शनिबार | April 11, 2026

रूसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानसम्म सुनामीको चेतावनी



काठमाडौं । रूसको सुदूरपूर्वी तटमा रहेको कामचटका प्रायद्वीपनजिकै बुधबार शक्तिशाली ८.७ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्प समुद्रको १९.३ किलोमिटर गहिराइमा पेट्रोपावलोव्स्क-कामचट्स्कीबाट करिब १२५ किलोमिटर दक्षिण-पूर्वमा केन्द्रित रहेको छ ।

यो भूकम्प सन् २०११ को जापानको ९.० म्याग्निच्युडको भूकम्पपछिको सबैभन्दा शक्तिशाली मानिएको छ । भूकम्पका कारण रूस, जापान, हवाई, अलास्का, गुआम र माइक्रोनेसियाका केही क्षेत्रमा सुनामी चेतावनी जारी गरिएको छ ।

जापानको मौसम एजेन्सीले प्रशान्त महासासगर तटमा १ देखि ३ मिटरसम्मका लहरहरू आउनसक्ने चेतावनी दिएको छ । यसले होक्काइडो, तोहोकु, कान्टो र वाकायामा क्षेत्रमा असर पार्न सक्छ । रूसको कामचटका क्षेत्रमा ३-४ मिटर उचाइका सुनामी लहरहरू रेकर्ड गरिएको छ । सखालिनको सेभेरो-कुरिल्स्कमा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

हवाईमा सुनामी लहरहरू स्थानीय समयअनुसार साँझ ७ : १७ बजे आइपुग्ने अनुमान गरिएको छ । अमेरिकाको पश्चिमी तट, अलास्का र क्यानाडामा पनि सुनामी सतर्कता जारी गरिएको छ ।

रूसको आपतकालीन मन्त्रालयले तटीय क्षेत्रका बासिन्दालाई समुद्र किनारबाट टाढा रहन आग्रह गरेको छ । कामचटका प्रायद्वीप प्रशान्त र उत्तर अमेरिकी टेक्टोनिक प्लेटहरूको संगमस्थलमा अवस्थित छ, जुन प्रशान्त रिङ अफ फायरको भूकम्पीय जोखिम क्षेत्र हो ।

हालसम्म हताहत वा क्षतिको कुनै आधिकारिक विवरण प्राप्त भएको छैन ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ७ : ५४ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र