५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ बिजयी



काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । हेटौडामा आज भएको मतदानवाट भारी मतसहित बानियाँ दलका नेतामा चुनिएका हुन् ।

जस अनुसार मकवानपुरवाट प्रतिनिधित्व गर्ने प्रदेश सांस बानियाले २२ सांसदको मतसहित विजयी हुदाँ मुख्यमन्त्री बहादुर सिंह लामा भने १४ मा सिमित भए। लामा पक्षका एक जना सांसदको मत बदर हुन पुगेको छ । बागमतीमा कांग्रेसका कुल ३७ सांसद छन् ।

मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेताको हैसियत गुमाएसँगै आज भएको निर्वाचन गरिएको थियो ।

बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । लामाले दलको नेताको हैसियत गुमाएपछि आज बुधवार दलको नेता चयनका लागि निर्वाचन भएको हो ।

बानियाँको नेतृत्वमा कांग्रेसका २१ जना सांसदले ९ साउनमा दल कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : ४२ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही