३ असार २०८३, बुधबार | June 17, 2026

पुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक



मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अंगरक्षकहरूले सुरक्षाका लागि आफूलाई स्तरोन्नति गरेका छन् । अहिले पुटिनको सुरक्षामा संलग्न अंगरक्षकहरूले आफ्ना हातमा बन्दुकका साथै ड्रोन र त्यसका इन्टरसेप्टरहरू समातेका छन् । अङ्गरक्षकले पुटिनसँग ड्रोन बोकेको भिडियो पनि भाइरल भएको छ ।

बिजनेस इनसाइडरको रिपोर्टका अनुसार भाइरल भइरहेको भिडियो मस्को विजय दिवसको हो । प्रश्न उठिरहेको छ कि किन पुटिनका अंगरक्षकहरू ड्रोन र त्यसका इन्टरसेप्टरहरू लिएर घुमिरहेका छन् ?

रुसमा राष्ट्रपतिको सुरक्षाका लागि विशेष बल गठन गरिएको छ । यस फोर्समा ३५ वर्षभन्दा माथिका सैनिकलाई राखिने छैन । पुटिनका अंगरक्षकहरूले रुसी निर्मित ९ एमएम एसआर–१ भेक्टर पिस्तौल बोकेका छन्, जसमा आर्मर छेड्ने गोलीहरू छन् ।

पुटिन विरलै सार्वजनिक यात्रा गर्छन् । उनको भ्रमणको एक महिना अघि नै उनका अंगरक्षकहरूले पूरै क्षेत्र कब्जा गर्छन् । त्यहाँ सुरक्षा व्यवस्था कडा छ कि छैन, जाँच गर्छन । पुटिनको रुट निकै गोप्य ढंगले तय गरिएको हुन्छ ।

पुटिनले आफ्नै अंगरक्षक आँफै छान्छन् । बियन्ड रसियाका अनुसार पुटिनले अंगरक्षक छनोटमा वफादारीलाई प्राथमिकता दिन्छन् । छानिएका अंगरक्षकले कुनै पनि हालतमा उनीहरूलाई छोड्न सक्दैनन् ।

रुस र युक्रेनबीचको युद्धमा सबैभन्दा बढी ड्रोनको प्रयोग भइरहेको छ । स्ट्याटिस्टाका अनुसार रुसले युक्रेनमा हरेक महिना करिब ३५०० ड्रोनबाट आक्रमण गरिरहेको छ । रुसले खतरनाक साहेद ड्रोन प्रयोग गरेर युक्रेनी सहर ध्वस्त गरिरहेको छ ।

युक्रेनले पनि रुसमाथि हरेक दिन ड्रोन प्रहार गरिरहेको छ । जुनमा युक्रेनले रुसमाथि एकै पटक ५ सय ड्रोन आक्रमण गरेको थियो । धेरै युक्रेनी ड्रोन रुसी राष्ट्रपतिको निवास बाहिर पनि खसेका छन् । युक्रेनी ड्रोनले मस्कोसम्म विनाश मच्चाइरहेको छ ।

युक्रेनले आफ्ना ड्रोनहरूमा बारूद भरेर आक्रमण गर्छ, जसले तुरुन्तै विस्फोट गर्छ र सम्पूर्ण क्षेत्रलाई नष्ट गर्छ । पुटिन आफैंमा ड्रोन आक्रमणको डर पनि हुन सक्छ । यही कारणले गर्दा उनका अंगरक्षकहरू ड्रोन र त्यसका इन्टरसेप्टरहरू लिएर घुमिरहेका देखिएका हुन् ।

ड्रोन मार्फत आकाशमा उड्ने ड्रोनलाई तुरुन्तै खसाल्न सकिन्छ । एकै समयमा इन्टरसेप्टरलाई पुटिनका अंगरक्षकहरूले ड्रोन आक्रमणबाट बचाउन प्रयोग गर्न सक्छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ७ : ५१ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका