२१ माघ २०८२, बुधबार | February 4, 2026

दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला



काठमाडौं। दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते)देखि सर्वसाधारणका लागि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ। कम्पनीले यस चरणमा २९ लाख १९ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्दैछ।

यसअघि, कम्पनीले जेठ २० गते नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कुल ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने स्वीकृति प्राप्त गरेको थियो। तीमध्ये १०/१० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि छुट्याइएकाले बाँकी शेयर सर्वसाधारणका लागि खुलाइएको हो।

आईपीओमा आवेदन दिने इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन मेरो शेयर प्रणालीमार्फत वा धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयमार्फत दिन सकिन्छ।

आईपीओका लागि आवेदन दिने अन्तिम मिति साउन २९ गतेसम्म तोकिएको छ भने पर्याप्त आवेदन परेमा यो प्रक्रिया साउन १९ गतेमै बन्द हुन सक्छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  १० : ५१ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु