२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला



काठमाडौं। दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते)देखि सर्वसाधारणका लागि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ। कम्पनीले यस चरणमा २९ लाख १९ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्दैछ।

यसअघि, कम्पनीले जेठ २० गते नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कुल ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने स्वीकृति प्राप्त गरेको थियो। तीमध्ये १०/१० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि छुट्याइएकाले बाँकी शेयर सर्वसाधारणका लागि खुलाइएको हो।

आईपीओमा आवेदन दिने इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन मेरो शेयर प्रणालीमार्फत वा धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयमार्फत दिन सकिन्छ।

आईपीओका लागि आवेदन दिने अन्तिम मिति साउन २९ गतेसम्म तोकिएको छ भने पर्याप्त आवेदन परेमा यो प्रक्रिया साउन १९ गतेमै बन्द हुन सक्छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  १० : ५१ बजे

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू