२९ मंसिर २०८२, सोमबार | December 16, 2025

माओवादी स्थायी समिति बैठक : प्रचण्डको १० बुँदे ‘ब्रिफिङ’ प्रस्तुत



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आजबाट सुरु भएको छ । तीनदिन चल्ने बैठकको पहिलो दिन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० बुँदे ‘ब्रिफिङ’ प्रस्तुत गरेका छन् । उनले बैठकमा ‘ब्रिफिङ’ गर्दै पार्टीलाई सरकार बनाउने भत्काउने खेलमा केन्द्रीत नगरि संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले संगठन निर्माणमा पार्टीलाई केन्द्रित बनाउनु पर्ने विषयमा जोड दिएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार प्रचण्डले पार्टीको आन्तरिक कुरा पार्टीभित्रै छलफल गर्नुपर्नेमा जोड दिँदै आन्तरिक विषयहरु बाहिर नलैजान आग्रह गरेका थिए ।

बैठकमा अध्यक्ष प्रचण्डलाई उदृत गर्दै पौडेलले भने, ‘सरकार बनाउने भत्काउने अहिले हाम्रो कुनै जमर्को छैन । यो विषयमा नलागौं ।’ प्रचण्डले पार्टीको मध्यपहाडी लोकमार्गमा सुरु गरि बिचमा स्थगित गरिएको जागरण अभियानलाई वर्षा सकिए लगत्तै सुरु गर्ने प्रस्ताव गरेका छन् । अभियान सकिएपछि मात्र केन्द्रीय कमिटी बैठक बस्ने प्रस्ताव बैठकमा प्रचण्डले गरेको पौडेलले बताए । पौडेलका अनुसार केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्नेछ ।

माओवादी पार्टीको स्थायी कमिटी बैठक तीन दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ६ : १६ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको