२७ माघ २०८२, मंगलबार | February 10, 2026

माओवादी स्थायी समिति बैठक : प्रचण्डको १० बुँदे ‘ब्रिफिङ’ प्रस्तुत



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आजबाट सुरु भएको छ । तीनदिन चल्ने बैठकको पहिलो दिन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० बुँदे ‘ब्रिफिङ’ प्रस्तुत गरेका छन् । उनले बैठकमा ‘ब्रिफिङ’ गर्दै पार्टीलाई सरकार बनाउने भत्काउने खेलमा केन्द्रीत नगरि संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले संगठन निर्माणमा पार्टीलाई केन्द्रित बनाउनु पर्ने विषयमा जोड दिएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार प्रचण्डले पार्टीको आन्तरिक कुरा पार्टीभित्रै छलफल गर्नुपर्नेमा जोड दिँदै आन्तरिक विषयहरु बाहिर नलैजान आग्रह गरेका थिए ।

बैठकमा अध्यक्ष प्रचण्डलाई उदृत गर्दै पौडेलले भने, ‘सरकार बनाउने भत्काउने अहिले हाम्रो कुनै जमर्को छैन । यो विषयमा नलागौं ।’ प्रचण्डले पार्टीको मध्यपहाडी लोकमार्गमा सुरु गरि बिचमा स्थगित गरिएको जागरण अभियानलाई वर्षा सकिए लगत्तै सुरु गर्ने प्रस्ताव गरेका छन् । अभियान सकिएपछि मात्र केन्द्रीय कमिटी बैठक बस्ने प्रस्ताव बैठकमा प्रचण्डले गरेको पौडेलले बताए । पौडेलका अनुसार केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्नेछ ।

माओवादी पार्टीको स्थायी कमिटी बैठक तीन दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ६ : १६ बजे

नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

काठमाडौं । नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौँ पाकिस्तान आर्मी स्पिरिट

मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्ट विकासप्रेमी नेताको छविका

नवलपुर-२ का मतदाता भन्छन् : चुनावी बाचा अझै अधुरै छन्

नवलपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का

तामाकोशी बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

जापान । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६