५ चैत्र २०८२, बिहिबार | March 19, 2026

मार्गदर्शन बहुउद्देश्यीय सहकारी ठगी प्रकरण : संचालक रामहरि सिलवाल पनि पक्राउ



बुटवल । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा थप एकजना संचालक पक्राउ परेका छन् । शेयर धनि तथा बचतकर्ताहरुको पाँच करोड नब्बे लाख चौरासी हजार एक सय पैसठ्ठी रुपैया छेहत्तर पैसा हिनामिना गरी फरार रहेका संस्थाका संचालक सदस्य रामहरि सिलवाल पक्राउ परेका हुन् ।

चितवन राप्ती नगरपालिका वडा नं. २ गडौली स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वर बस्दै आएका सिलवाललाई सहकारी ठगी तथा ठगी सम्बन्धी कसूर मुद्धामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सहकारी ठगी तथा ठगी सम्बन्धी कसूर मुद्धामा मुद्धा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट पक्राउ जारी भएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सहकार्यमा उनलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सिलवाललाई रुपन्देही जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

यसअघि सोही ठगी प्रकरणमा विगत १६ महिनादेखि फरार रहेका संस्थाका अध्यक्ष अशोक केसीलाई प्रहरीले भक्तपुरको ठिमी नगरपालिका वडा नं। ३ गठ्ठाघरबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ९ : १४ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर