५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

मार्गदर्शन बहुउद्देश्यीय सहकारी ठगी प्रकरण : संचालक रामहरि सिलवाल पनि पक्राउ



बुटवल । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा थप एकजना संचालक पक्राउ परेका छन् । शेयर धनि तथा बचतकर्ताहरुको पाँच करोड नब्बे लाख चौरासी हजार एक सय पैसठ्ठी रुपैया छेहत्तर पैसा हिनामिना गरी फरार रहेका संस्थाका संचालक सदस्य रामहरि सिलवाल पक्राउ परेका हुन् ।

चितवन राप्ती नगरपालिका वडा नं. २ गडौली स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वर बस्दै आएका सिलवाललाई सहकारी ठगी तथा ठगी सम्बन्धी कसूर मुद्धामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सहकारी ठगी तथा ठगी सम्बन्धी कसूर मुद्धामा मुद्धा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट पक्राउ जारी भएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सहकार्यमा उनलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सिलवाललाई रुपन्देही जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

यसअघि सोही ठगी प्रकरणमा विगत १६ महिनादेखि फरार रहेका संस्थाका अध्यक्ष अशोक केसीलाई प्रहरीले भक्तपुरको ठिमी नगरपालिका वडा नं। ३ गठ्ठाघरबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ९ : १४ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही