काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा सदस्य तथा पदाधिकारीहरुले आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको आजको बैठकमा १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका छन् ।
बैठकमा बोल्ने नेताहरुलेअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि आ(आफ्नो धारणा राख्न सुरु गरेका हुन् । अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोधका बिषयपनि बैठकमा उठेको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले बताए ।
आजको बैठकमा नेताहरूले पार्टीभित्र विधि पद्धति र प्रक्रियालाई कडाइका साथ लागू गर्न सुझाव दिएका छन् । पार्टीको आन्तरिक छलफललाई सतहमा लैजान नहुने बताउँदै कतिपय नेताहरुले प्रचण्ड नेतृत्वको विकल्प खोज्ने बेला नभएको धारणा राखेको ती नेताले बताए ।
संगठन निर्माण, विकास र विस्तारमा योजना सहित केन्द्रित हुन आवश्यकका साथै शुद्धीकरण र रूपान्तरणका विषय विशेष रूपमा बैठकमा उठेको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । । सापकोटाले नयाँ बिचार संश्लेषण र बिचारको विकासका लागि बहसको थालनी गर्नुपर्ने विषय बैठकमा उठेको उल्लेख गरे ।
उनले माओवादी पार्टी कुनै हालतमा नफुट्ने पनि बताए बताए । बैठक भोलि पुनः ११ बजेदेखि सुचारु हुने जनाइएको छ । बैठक शुक्रबारदेखि सुरू भएको थियो ।


















प्रतिक्रिया