२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बागेश्वरी महाआरतीको १३३ औं सृङ्खलामा महा रुद्राभिषेक गरिने, भोलि सात लाख लक्ष्यबत्ती प्रज्वलन गरिँदै



नेपालगन्ज । नेपालगन्जको प्रसिद्ध शक्तिपिठमा हुँदै आएको महाआरतीको १३३ औं सङ्खलामा रुद्राभिषेक गरिने भएको छ । भोली सोमबार हुने बागेश्वरी महाआरतीमा सात लाख दिप प्रज्वलन (लक्ष्यवती) सहित रुद्राभिषेक प्रारम्भ गरिने भएको हो ।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितीले आज पत्रकार सम्मेलन गर्दै महाआरतीको १३३ औं सृङ्खलालाई विशेष बनाउने गरि तयारी गरिएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितीका अध्यक्ष गोपाल प्रसाद अधिकारीले महाआरतीमा बाँके र बर्दियाका विभिन्न मठमन्दिरका मठाधीश, सन्त, महन्तका साथै छिमेकी भारत उत्तरप्रदेशका शक्तिपीठ र मठमन्दिरका महन्तहरूलाई आमन्त्रण गरिएको जानकारी दिए । श्रावणमा आराध्यदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गर्नाले मनोकामना पुरा हुने र दिर्घआयु हुने धार्मिक विश्वास रहँदै आएको छ ।

बागेश्वरी परिषरमा यसै महिनाको पहिलो सोमबार अष्टधातुको खडेश्वर महादेवको मूर्ति पुनस्र्थापना गरि प्राणप्रतिष्ठा गरिएको थियो । महादेवको नटराज स्वरुप जुङ्गा भएको दुर्लभ शिव मूर्ति नेपालगन्जमा मात्र दर्शन गर्न पाइने धार्मिक अगुवाहरुले दाबी गर्दै आएका छन् ।

अध्यक्ष अधिकारीले नाट्टा बाँके च्याप्टरको संयोजनमा सात लाख दिप प्रज्वलन (लक्ष्यवती) प्रज्जवल गरिने बताँउदै श्रावणको अन्तिम सोमबार साउन २६ गते संचालन हुने १३३ ओै श्रृङखलाको महाआरतीमा रुद्राभिषेक समापन गरेर भक्तजनलाई रुद्राक्ष प्रसाद उपलब्ध गराइने जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिका वडा न २ का अध्यक्ष मनोज श्रेष्ठ, नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल, गुठी समितिका सदस्य एव वागेश्वरी महाआरती सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक सुनिल सिह हमाललगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : ४६ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर