१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः प्रवक्ता सापकोटा



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अधिकांशले पार्टी नेतृत्वलाई सबल र सुदृढ बनाउनुपर्ने मत राखेका छन् । पार्टी उपाध्यक्ष तथा प्रवक्त अग्निप्रसाद सापकोटाले पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा हालसम्म पार्टी नेतृत्वमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प खोज्नेबारे कसैले पनि मत नराखेको जानकारी दिए ।

बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उनले भने, “बैठकमा नेतृत्वको विकल्प खोज्नेबारे कसैले पनि बोल्नुभएको छैन, बरु स्थायी कमिटीका अधिकांश सदस्यले तत्काल नेतृत्वको विकल्प खोज्ने बेला नभएको धारणा राखेका छन्, पार्टी उपमहासचिव जनार्दन शर्माले पनि नेतृत्वको सम्बन्धमा खासै कुरा गर्नुभएन । सबैले नेतृत्वलाई सबल, सुदृढ गर्नुपर्छ भन्नुभएको छ ।”

शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठक सोमबार पनि जारी रहने प्रवक्ता सापकोटाले जानकारी दिए । शनिबार र आज धेरैजसो स्थायी कमिटी सदस्य र पदाधिकारीले धारणा राखिसकेकाले सोमबार वरिष्ठ उपाध्यक्ष, महासचिव र अध्यक्षले बोल्ने कार्यक्रम रहेको उनले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ८ : ५८ बजे

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा