६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको बोर्ड बैठकपछि नतिजा औपचारिक रूपमा प्रकाशित गरिएको हो ।

नतिजा अनुसार कुल ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी नन-ग्रेड (NG) भएका छन् । बोर्डका अनुसार यो वर्षको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए ।

नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो परीक्षण गरेको थियो । परीक्षा बोर्डको वार्षिक कार्यतालिका अनुसार १५ साउनभित्र नतिजा प्रकाशित हुनुपर्ने भए पनि गत चैत २० देखि सुरु भएको शिक्षक आन्दोलनका कारण परीक्षा ढिलो भएको र सोही कारणले नतिजा प्रकाशित गर्न ढिलाइ भएको हो ।

निर्धारित मितिमा परीक्षा सञ्चालन हुन नसकेपछि वैशाख ११ मा हुने भनिएको परीक्षा वैशाख २१ गतेदेखि सुरु गरिएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : ३५ बजे

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३

संघीय संसदको अधिवेशन चैत्र १६ गतेदेखि आह्वान गर्ने तयारी

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नै फागुन २१

इरानबाट पछि हट्ने ट्रम्पको संकेत

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट पछि हट्ने ट्रम्पको