२७ बैशाख २०८३, आइतबार | May 10, 2026

गुल्मीको कालीगण्डकी करिडोरमा पहिरो, सडक पूर्ण रूपमा अवरुद्ध



गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका-१ गरगरे र वडा नं.२ राक्से क्षेत्रमा पर्ने कालीगण्डकी करिडोर सडक खण्डमा आज बिहान ७:३० बजे पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

लगातारको वर्षाका कारण पहिरो खस्दा दुवै दिशाबाट आवागमन ठप्प भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ । पहिरोको कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

स्थानियबासीका अनुसार विगत केही दिनदेखि भइरहेको वर्षाले पहिरोको जोखिम अझ बढाएको छ । अहिले पनि सडक क्षेत्र वरिपरि साना पहिरो खसिरहेकाले उद्धार तथा सडक खुलाउने काममा ढिलाइ भइरहेको छ । यद्यपि, डोजर सहितको प्राविधिक टोली घटनास्थलतर्फ पठाइएको र अविलम्ब सडक खुलाउने प्रयास भइरहेको कालीगण्डकी गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ९ : ३७ बजे

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाले ‘नीति मन्थन’ गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज ‘विपद् जोखिम न्यूनीकरण

जैविक विविधता संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासले आबुधावीमा

सुनको मूल्य एकहजारले घट्यो, चाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा

धनुषामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनुषामा दुर्घटना