२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक



काठमाडौं।कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षासम्बन्धी समयतालिका तथा आवेदन फारम बुझाउने प्रक्रिया सार्वजनिक गरेको छ।

बोर्डका अनुसार वैशाखमा सम्पन्न वार्षिक परीक्षामा सहभागी भएका नियमित परीक्षार्थीहरूमध्ये सैद्धान्तिक विषयमा न्यूनतम D ग्रेड वा सोभन्दा माथि प्राप्त गरेका तर अधिकतम दुई विषयमा NG प्राप्त गर्ने, दुई विषयमा अनुपस्थित भएका, वा एउटै विषयमा ल्न् वा अनुपस्थित भएका विद्यार्थीहरूले मात्र पूरक परीक्षामा सहभागी हुन पाउनेछन्।

परीक्षा भदौ २८ गते शनिबार र भदौ २९ गते आइतबार, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने जानकारी बोर्डले दिएको छ।

पात्र विद्यार्थीहरूलाई तोकिएको समयमा आवेदन फारम बुझाउन अनुरोध गरिएको छ। विस्तृत जानकारीका लागि परीक्षा बोर्डको वेबसाइट वा सम्बन्धित विद्यालयमार्फत सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ११ : ०४ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष