२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने



काठमाडौं। राजावादी आन्दोलनका क्रममा हिंसा भड्काउने अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालत जाने भएको छ । उच्चको आदेशप्रति असहमति जनाउँदै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जान लागेको हो ।

उच्च अदालतका न्यायाधीशहरू टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमबार मात्रै प्रसाईंलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

प्रसाईं गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनसँग सम्बन्धित घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका थिए । त्यसअघि उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

अदालतको आदेश मुलुकी फौजदारी कार्यविधि संहिता २०७५ को मर्मविपरीत रहेको महान्यायाधिवक्ता कार्यालयले निस्कर्ष निकालेको छ। प्रसाईंमाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग, राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव तथा संगठित अपराधसम्बन्धी मुद्दा दायर भएको छ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ११ : २२ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ