२९ मंसिर २०८२, सोमबार | December 16, 2025

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा



तानसेन । अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सिद्धबाबा क्षेत्रका तीन ठाउँमा ढुङ्गासहित पहिरो खसेपछि सोमबार साँझदेखि पूर्णरूपमा अवरुद्ध बनेको सडक आज साँझादेखि एकतर्फी सञ्चालनमा आएको हो ।

वर्षा रोकिएपछि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनको सहयोगमा पहिरो पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले जानकारी दिए ।

राजमार्गको पाल्पा तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रको नागडाँडा, ड्यामसाइड, सिद्धबाबालगायत स्थानमा खसेका पहिरोले सोमबार बेलुकीदेखि सडक अवरुद्ध भएको थियो । निरन्तरको वर्षाका कारण सडकमा खसेका पहिरा पन्छाउन नसकेर राजमार्ग खुलाउन ढिलाइ भएको प्रमुख आचार्यले बताए ।

उनले भने, “पानी परिरहेको र माथिबाट ढुङ्गासहितको पहिरो झर्न नरोकिएकाले केही समस्या आएको हो । अहिले डोजर लगाएर दुवैतर्फ खुलाउने प्रयास भइरहेको छ ।” सोमबार दिनभर बेला–बेलामा पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गरे पनि साँझातिरदेखि पुनःनिरन्तर वर्षा भइरहेकाले पहिरो निरन्तर खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । पानी रोकिनासाथ कर्पोरेसनले डोजर लगाएर सडक खुलाउन सहयोग गरेको उनको भनाइ छ ।

पुनः पानी पर्नासाथ राजमार्गको माथिल्लो भेगबाट ढुङ्गा खसेपछि सवारीसाधन रोकिने ट्राफिक कार्यालयले जनाएको छ । यात्रुलाई जोखिमका बेला अत्यावश्यकबाहेक यात्रा नगर्न दोभान प्रहरी चौकीले अनुरोध गरेको छ ।

पानी परेर सिद्धबाबा खण्डमा पहिरो खस्ने, ढुङ्गा खस्ने भएपछि प्रहरी चौकी दोभान, प्रभास, बर्तुङले सवारीसाधन रोक्दै गरेका छन्  । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट आवतजावत गर्ने सवारीसाधन बाटोमा रोकिएका थिए । सडक एकतर्फी खुलेपछि सवारी गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : २५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको