२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

पाल्पाको सिद्धबाबा नजिक पहिरोले मोटरसाइकल च्याप्दा श्रीमानको मृत्यु, श्रीमती घाइते



बुटवल । पाल्पाको सिद्धबाबा मन्दिर नजिक मंगलबार साँझ पहिरो खस्दा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन्।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पा रामपुर नगरपालिका–६ का ३६ वर्षीय जनक भण्डारीको घटनास्थलमा नै मृत्यु भएको हो। उनी सवार लु ५१ प ६६३३ नम्बरको मोटरसाइकल बुटवलबाट रामपुरतर्फ जाँदै थियो।

मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती कल्पना चापागाईं भने घाइते भएकी छन्। दुर्घटना तिनाउ गाउँपालिका–३ स्थित हेडबक्स नजिक भएको हो।

घटनापछि दुबै जनालाई उद्धार गरी तत्काल बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। तर, अस्पतालमा जनकलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

सडकमाथिबाट अचानक खसेको पहिरोले मोटरसाइकल च्याप्दा जनक सडकबाट तल खसेका थिए।

बर्खाको समयमा बुटवल–पाल्पा सडकखण्डमा यात्राको जोखिम बढिरहेको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले यस मार्गसहितका विभिन्न स्थानहरूमा रातिको यात्रा नगर्न सूचना जारी गर्दै रोकसमेत लगाएको छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ८ : ३८ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र