७ आश्विन २०८३, बुधबार | September 23, 2026

अनुदान कटौतीपछि उखु किसानद्वारा प्रदर्शन, माग पुरा नभए भदौं ८ मा माइतीघर मण्डला जाने



रौतहट। सरकारद्वारा उखुमा दिइँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान हटाउने नीति विरुद्ध रौतहटका उखु किसानहरू फेरि एकपटक सडकमा उत्रिएका छन्।

कटहरिया नगरपालिका ९ स्थित बाबा बैजूनाथ शुगर एण्ड केमिकल्स मिल्स अगाडि किसानहरूले टायर बाल्दै आक्रोश प्रकट गरेका छन्।

उखु उत्पादक संघ, रौतहटको अध्यक्ष अशोक यादवको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा किसानहरूले निम्न प्रमुख मागहरू अघि सारेका छन्, उनीहरूको माग छ, ‘प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान तत्काल उपलब्ध गरियोस् ।’ आर्थिक वर्ष २०८२/८३ को उखु मूल्य तत्काल निर्धारण गरियोस्, पुरानो बाँकी अनुदान रकम तुरुन्त भुक्तानी गरियोस्’ भन्ने माग रहेको छ ।

प्रदर्शनपछि आयोजित कोणसभामा किसान नेताहरू अशोक यादव, रामभरोस यादव, कुमार चौलागाईं र राजकुमार दास लगायतले आक्रोश व्यक्त गर्दै चेतावनी दिए, “यदि सरकार गम्भीर भएन भने आगामी भदौ ८ गतेदेखि माइतीघर मण्डलामा धर्ना सुरु हुनेछ।”

संघर्षरत किसानहरूको पक्षमा बोलेका बाबा बैजूनाथ सुगर मिलका सञ्चालक बैजु बाबराले पनि सरकारलाई अपिल गर्दै किसानको जायज माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्। उक्त कोणसभामा किसान नेताहरूले सम्पूर्ण किसान साथीहरूलाई एकजुट भई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १ : २१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई