१ पुस २०८२, मंगलबार | December 16, 2025

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोष्टर सार्वजनिक



काठमाडौं । यो वर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज सार्वजनिक गरेको पोष्टरमा चलचित्रका प्रमुख तीन कलाकारलाई प्रस्तुत गरेको हो ।

पोष्टरमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेका छन् । सार्वजनिक पोष्टरले तीन कलाकारको चरित्र चित्रण गर्ने कोसिस गरेको छ।  पोष्टरमा हरिवंश आचार्य आफ्नै चर्चित हरिबहादुर क्यारेक्टरमा देखिएका छन् । प्रकाश केही रिसाएको मुडमा छन् भने स्वस्तिमा मन्द मुस्कानमा प्रस्तुत भएकी छिन् । यसले चलचित्र रमाइलो र पारिवारिक रहेको अनुमान लगाउन सकिन्छ । सार्वजनिक पोष्टरलाई शान थापा र विजय बस्यालले तयार गरेका छन् ।

चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन् । कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन् । बसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ५ : ४४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको