२१ भदौ २०८३, आइतबार | September 6, 2026

पार्टी एकीकरणबारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ । श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको उक्त भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे गम्भीर छलफल भएको बुझिएको छ ।

भेटमा नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका, ओली नेतृत्वको सरकारका निरङ्कुश तथा भ्रष्ट गतिविधि, साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको छ ।

यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्तावको बारेमा र पार्टी एकताको औचित्य र सम्भावनाबारे पनि दुवै नेताबीच विस्तृत कुराकानी भएको स्रोतले जनाएको छ ।

यसअघि श्रावण २१ गते, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच पनि भेटवार्ता भएको थियो ।

त्यस भेटवार्तामा पनि समसामयिक राजनीतिक परिस्थिति, कम्युनिष्ट आन्दोलनको दिशा र पार्टी एकताबारे छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ३ : ३६ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा