१५ भदौ २०८३, सोमबार | August 31, 2026

उद्योग समितिद्वारा स्थलगत अध्ययन प्रतिवेदन पारित



काठमाडौं । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न समयमा अन्तर्गतका उपसमितिले गरेको स्थलगत अनुगमन र अन्तरक्र्रियासम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

समितिको आजको बैठकले विभिन्न औद्योगिक प्रतिष्ठान, स्थानीय बजार, भन्सार कार्यालयलगायत क्षेत्रको स्थलगत अनुगमन तथा मधेस र बागमती प्रदेशसभाअन्तर्गतका विषयगत समितिसँग गरिएको अन्तरक्रियासम्बन्धी प्रतिवेदन पारित गरेको हो ।

समितिअन्तर्गत गठित विभिन्न समितिले बाँके, बर्दिया, सुर्खेतका उद्योग तथा भन्सार कार्यालय, झापा मोरङ, सुनसरी र उदयपुरका उद्योग तथा भन्सार कार्यालय, मकवानपुर र धनुषाका अन्तरक्र्रिया, स्पन्ज आइरन र विलेट्स उद्योगको अनुगमन तथा रुपन्देही, दाङ, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व र पश्चिम०का उद्योग र भन्सार कार्यालयको अनुगमन गरेको थियो ।

यस्तै, समितिले नेपाल औषधि लिमिटेड र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरको छात्रावासको स्थलगत अध्ययन गरी सरोकारवालालाई निर्देशन दिएको थियो ।

समितिका सभापति अब्दुल खाँनले उपसमितिले दिएका प्रतिवेदनलाई एकीकृत गरी मूल प्रतिवेदन तयार गरिने र छिट्टै संसद्मा पेस गरिने बताए । समितिका सदस्यहरुले संसद्मा पेस गरेर कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुपर्ने बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : १८ बजे

बाढीले विद्यालय मेटायो, बचेको बसमा पनि तोडफोड

नुवाकोट । विनाशकारी बाढीले भौतिक संरचना ध्वस्त बनाएको नुवाकोटको ऐतिहासिक

अविरल वर्षा र बाढीपछि देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको

भोटेकोशी बाढी : त्रिशूली र नारायणी किनारमा २७२ शव फेला, १२ जनाको मात्र सनाखत

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत