२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कोकिनसहित विदेशी महिला पक्राउ



काठमाडौं । नेपाल प्रहरीले लागूऔषध कोकिन लुकाएर ल्याउने एक विदेशी महिलालाई पक्राउ गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आएर नेपालबाट भुटान जान लागेकी २१ वर्षीया एमिली मिकेल सन्तोष फरेरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका सहप्रवक्ता, प्रहरी नायव उपरीक्षक जीवन निरौलाले कालो रङको ‘ब्रा’भित्र लुकाएर ल्याएको एक किलोग्राम ९५० ग्राम कोकिनसहित उनलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी फरेरालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको सहप्रवक्ता निरौलाले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ५ : २२ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष