२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बसको ठक्करबाट मृत्यु



राजविराज । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।

स्थानीय सीतापुरका ६८ वर्षीय बुदुर चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चाँदनी चोकमा सोही पूर्वतर्फ जाँदै गरेका साइकलमा सवार चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो । चौधरी आफ्नो धानखेततर्फ जाँदै थिए ।

ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि आक्रोशित स्थानीय र मृतकका आफन्तले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको चाँनदी चोकमा सडक अवरुद्ध गरेका छन् । अवरोधका कारण सयौँ सवारीसाधन सडकमा थन्किएका छन् र हजारौँ यात्रुबीच बाटोमै अलपत्र परेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १० : ३९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले