१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

बुटवलमा आज सार्वजनिक बिदा



बुटवल । बुटवलले आज सार्वजनिक बिदा दिएको छ । गाईजात्रा (सापारू) पर्वको अवसरमा बुटवल उपमहानगरपालिकाले आज स्थानीय सार्वजनिक बिदा दिएको हो ।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै आज नगर क्षेत्रका सबै कार्यालय, विद्यालय तथा वडा कार्यालयहरू बन्द रहने जनाएको हो ।

नगर प्रमुख खेलराज पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा गाईजात्रा (सापारू) पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै आजको सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ । बिदा अवधिमा उपमहानगरपालिकाअन्तर्गतका सबै १९ वटा वडा कार्यालयहरू, नगर कार्यालय तथा मातहतका निकायहरू बन्द रहनेछन् ।

यससँगै नगर क्षेत्रका सामुदायिक, निजी तथा संस्थागत विद्यालयहरूमा पनि एक दिनका लागि बिदा हुने उपमहानगरपालिकाले जनाएको छ । गाईजात्रा पर्व विशेषगरी नेवारी समुदायले मृतक आत्माको शान्तिका लागि विभिन्न सांस्कृतिक झाँकी, नाचगान र हाँस्यव्यंग्यात्मक कार्यक्रमसहित मनाउने परम्परा रहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : २८ बजे

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले