१५ भदौ २०८३, सोमबार | August 31, 2026

एमआरपी उल्लेख नगरि जुत्ता उत्पादन गर्ने नेपालगन्जको जुत्ता कारखानालाई दुई लाख जरिवाना



नेपालगन्ज । अधिकत बिक्रि मूल्य नराखी जुत्ता उत्पादन गर्ने बाँकेको एक जुत्ता उद्योगलाई दुई लाख जरिवाना असुल गरिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२० मनिकापुरस्थित गुरदास फुटवयर इण्डष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।

अनुगमनका क्रममा सो इण्डष्ट्रिजले एमआरपी उल्लेख नगरी बजारमा विक्री वितरण गरेको देखिएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिए ।

उत्पादित जुत्ता चप्पलमा एमआरपी उल्लेख नगरी बजारमा विक्री वितरण गरेको फेला परेको खत्रीले बताए । खत्रीका अनुसार गुरदास फुटवयरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ड (क) बमोजिमको कसुर गरेको देखिएकोले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ४३ बजे

बाढीले विद्यालय मेटायो, बचेको बसमा पनि तोडफोड

नुवाकोट । विनाशकारी बाढीले भौतिक संरचना ध्वस्त बनाएको नुवाकोटको ऐतिहासिक

अविरल वर्षा र बाढीपछि देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको

भोटेकोशी बाढी : त्रिशूली र नारायणी किनारमा २७२ शव फेला, १२ जनाको मात्र सनाखत

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत