१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

दिवंगत सदस्यको सम्झनामा नेपालगन्जमा निकालियो सामूहिक गाईजात्रा



नेपालगन्ज । एकवर्ष भित्र दिवंगत भएका परिवारको सदस्यहरुको सम्झनामा नेपालगन्जमा गाईजात्रा प्रदर्शन गरिएको छ । नेवास् पुचस् बाँकेको आयोजनामा नेपालगन्ज र यस आसपासका नेवार समुदायमा यस वर्षमा दिवंगत भएका परिवारका सदस्यहरुको सम्झनामा गाइजात्रा निकालिएको हो ।

‘भाषा, संस्कृति तथा परम्पराको जगेर्ना गरौं’ भन्ने मूल नाराका साथ एकवर्षको समयमा दिवंगत भएका सदस्यका सात परिवारले आफ्ना दिवंगत आफन्तहरूको सम्झनामा एकैस्थानमा भेला भई गाईजात्रा निकालेका हुन् ।

सुर्खेत रोडस्थित स्वस्तिक कटेजबाट निकालिएको गाईजात्रा धम्बोझी चोक, सहिद सेतु विक चोक, न्युरोड हुँदै बागेश्वरी मन्दिर पार्कसम्म पुगेर सम्पन्न भएको थियो । उक्त अवसरमा नेवारी पोशाकमा सजिएका महिला तथा पुरुषहरूले नेवारी भाषाका गीतमा नृत्य प्रस्तुत गर्नुका साथै लाखे नाच पनि देखाएका थिए ।

नेवारी समुदायमा एक वर्षभित्र मृत्यु भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईको स्वरूपमा सजाएर परिक्रमा गराउने परम्परा छ । गाईको स्वरुप धारण गरि परिक्रमा गराउँदा मृतकले गाईको पुच्छर समाई बैतरणी नदी पार गर्ने र मोक्ष प्राप्त गर्ने जनबिश्वास रहँदै आएको छ ।

नेपालगन्जमा यसवर्ष दिवंगत भएका कमलादेवी श्रेष्ठ, राधादेवी श्रेष्ठ, सुशीला चुके, दमयन्ती श्रेष्ठ, माधवलाल श्रेष्ठ, केदारप्रसाद श्रेष्ठ र दिपाकुमारी रेग्मी श्रेष्ठको सम्झनामा गाईजात्रा निकालिएको हो ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १० : २० बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको