२५ चैत्र २०८२, बुधबार | April 8, 2026

बौद्धमा सुरु भयो ऐतिहासिक रोपाइँ जात्रा



काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न जात्रा तथा पवर्हहरु मनाइँदै आएको छ । लामो समयदेखि मनाइँदै आएका यस्ता जात्रा र पर्वहरुको ऐतिहासिक एवम् सांस्कृतिक महत्वसमेत रहेको छ । यसै क्रममा आइतबारदेखि बौद्धमा रोपाइँ जात्रा सुरु भएको छ ।

गाईजात्रा तथा रोपाइँ जात्रा मूल समारोह समितिका अनुसार ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रोपाइँ जात्रामा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

आइतबार घिनतिङना आयोजना गरियो भने आज रोपाइँजात्रा र (यालीको आयोजना गरिनेछ । रोपाइँजात्रामा हलगोरु, युवा बाउसे, युवा रोपार, बाल रोपार, बाल बाउसे, हाँस्य, व्यङ्ग्य, युवा लाखे, बाल लाखे, झाँक्री, घोडा र विद्यालयको प्रस्तुती रहनेछ । बौद्ध स्तुप परिक्रमा गरेर सुरु हुने रोपाइँजात्रा बौद्ध फूलबारी, बौद्ध गेट, बौद्ध पिपलबोट मूल सडक, बौद्ध टुसाल, बौद्ध गेटसम्म परिक्रममा गरिने आयोजक समितिले जनाएको छ । बौद्ध क्षेत्रको मौलिक संस्कृतिमा आधारित रोपाइँ जात्रा (घोनाइ) सो क्षेत्रको पहिचानका रूपमा प्रसिद्ध छ ।

यसपटक पनि हल गोरु, युवा बाउसे, युवा रोपार, बाल लाखे, युवा लाखे, झाँकीलगायत विभिन्न विधामा प्रतिस्पर्धीलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारसमेत व्यवस्था गरिएको रोपाइँ जात्रा आयोजक समितिका संयोजक जयमङ्गल लामाले जानकारी दिए ।

त्यसैगरी काठमाडौं महानगरपालिका-६ का वडाध्यक्ष भुवन लामाका अनुसार, ऐतिहासिक सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको गाईजात्रा, रोपाइँ जात्रा र घोनाई जात्रा भव्य रूपमा सम्पन्न गर्न महानगरबाट यस वर्ष रु १५ लाख विनियोजन गरिएको छ ।

गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा मनाउने चलन मल्लकालबाट चलिआएको हो । जानकारका अनुसार, सोह्रौँ, सत्रौँ शताब्दिदेखि नै रोपाइँजात्रा मनाउन थालिएको हो । खेतीपाती सम्पन्न गरिएको खुसीयाली मनाइने यस जात्रामा विभिन्न भेषभुषामा सजिएर प्रत्येक घरका सदस्य सहभागी हुने प्रचलन छ ।

बाजागाजासहित प्रत्येक घरबाट रोपाइँ जात्रामा सहभागीले रोपाइँ गरिँदा गरिने क्रियाकलाप जस्तैः हली, बाउसे, रोपाहार आदिको अभिनय गर्दै विभिन्न झाँकीसहित बौद्धस्तूप परिक्रमा गरी यो जात्रा मनाउने गर्दछन् । जात्रामा सहभागी हुने विभिन्न झाँकीसहित बौद्धपिपलबोटदेखि टुसाल चोकसम्म पुगी पुनः बौद्धस्तूप परिसरमा फर्कने गर्दछन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : ०७ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास