७ आश्विन २०८३, बुधबार | September 23, 2026

रवि लामिछानेलाई राखिएको कोठामा एसी छैन, अँध्यारो कोठामा २ वटा पङ्खा : मानवअधिकार आयोग



बुटवल । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई कारगार प्रशासनले दिएको सुविधाका बारेमा चर्चा चुलिएसँगै कारगार अनुगमनमा पुगेको राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले लामिछानेलाई राखिएको कोठामा प्रकाश र पर्याप्त हावाको प्रबन्ध मिलाउन निर्देशन दिएर फर्केको छ ।

अनुगमनमा पुगेका प्रतिनिधिहरुले रविलाई राखिएको ब्लकभित्र झ्याल प्लाईउडले टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको भन्दै प्लाई हटाउन सुझाव दिएका छन् । टोलीले चर्चामा आएजस्तै रास्वपाका सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको समे स्पष्ट पारेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले झ्याल प्लाई उडले टालेर बन्द गरिएको तथा कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेस मा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको जानकारी दिइन् । उनले सुरक्षाका कारणले झ्याल थुनिएको भन्ने कारगार प्रशासनबाट जवाफ पाएको जनाउँदै कारागार प्रशासनलाई झ्यालमा ठोकिएको काठ निकाल्न निर्देशन दिएको बताइन् ।

उनले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् ।

कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।

२५० जना क्षमताको जिल्ला कारागारमा ६५० जना राखिएको अनुगमन टोलीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  २ : ५४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई