२२ मंसिर २०८२, सोमबार | December 9, 2025

पार्टी हितविपरीत टीकाटिप्पणी नगर्न निर्देशन



काठमाडौँ । पार्टीमा अध्यक्ष र वरिष्ठ नेताबीच नै टिकाटिप्पणी छताछुल्ल भएपछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को अनुशासन आयोगले पार्टीको विधि र पद्धति विपरित टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीका केही जिम्मेवार नेता तथा कार्यकर्ताहरुले पार्टी हितविपरीत जथाभावी अभिव्यक्ति दिन थालेपछि पार्टीले सो निर्देशन दिएको हो ।

पार्टी अनुशासन उल्लङ्घन गरी जनताप्रति भ्रम सिर्जना गर्नेगरी अभिव्यक्ति रोक्न तथा सामाजिक सञ्जालमा नलेख्न पार्टी नेता कार्यकर्ताहरुप्रति जनविश्वास कायम राख्न निर्देशन दिइएको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले जानकारी दिए ।

उनले पार्टीका अनुशासनविपरीत अभिव्यक्ति दिने काम अविलम्ब बन्द गरी पार्टी स्वाभिमानलाई कायम राख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

पार्टी केन्द्रीय नेताहरुको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरुप्रति आफ्ना सुझाव, टिप्पणी वा फरक मतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्नुपर्ने जनाइएको छ ।

पछिल्लो समय पार्टीका शीर्ष नेताहरूबीच वैचारिक दृष्टिकोणमा विवाद बढेपछि नेता तथा कार्यकर्ताबाट फरक फरक अभिव्यक्ति विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आइरहेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १० : ३८ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट