३ श्रावण २०८३, आइतबार | July 20, 2026

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले तेस्रोपटक क्यूएए प्राप्त गरेको अवसरमा प्रभातफेरी



बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पसको रूपमा परिचित लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट तेस्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको अवसरमा बुटवलमा प्रभातफेरी आयोजना गरेको छ ।

क्याम्पस प्राङ्गणबाट सुरु भएको प्रभातफेरी तिनकुने, ईटाभट्टी, पुष्पलाल पार्क, मिलनचोक, राजमार्ग चौराह, कालिका चोक, होराइजन चोक हुँदै पुनः क्याम्पस प्राङ्गणमै आएर समापन भएको थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्याय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, विभिन्न संघसंस्थाका प्रतिनिधि, क्याम्पस सञ्चालक समितिका सदस्य, प्राध्यापक, विद्यार्थी, अभिभावक एवं शुभेच्छुक सहभागी थिए ।

क्याम्पस प्रमुख प्रा.डा. उपाध्यायका अनुसार लगातार तेस्रो पटकसम्म क्यूएए प्राप्त गर्ने बाणिज्य क्याम्पस नेपालमै पहिलो हो । उनले क्याम्पसलाई विश्वविद्यालयको रूपमा विकसित गर्ने योजना रहेको पनि बताए ।

क्यूएए प्राप्त गर्नुअघि अन्तिम चरणको मूल्यांकनका लागि विदेशी विज्ञसहितको टोलीले २०८१ पुस २२ देखि २६ गतेसम्म १२० सूचकका आधारमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको थियो ।

वि.सं. २०३८ सालमा स्थापना भई त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको यस क्याम्पसले पहिलोपटक वि.सं. २०६८ सालमा र दोस्रोपटक २०७५ सालमा क्यूएए प्रमाणपत्र पाएको थियो । यसले वि.सं. २०७५ र २०८० सालमा नेपाल सरकारबाट ‘सर्वोत्कृष्ट सामुदायिक क्याम्पस’को सम्मान र वि.सं. २०७६ मा लुम्बिनी प्रदेश प्रज्ञा पदक द्वितीय प्राप्त गरिसकेको छ ।

हाल क्याम्पसमा करिब ४ हजार विद्यार्थी, ४८ जना प्राध्यापक र २५ जना कर्मचारी कार्यरत छन् । क्याम्पसले त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता अन्तर्गत पाँच वटा स्वायत्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ११ : ३५ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग