१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

गोदाममा मल भएरपनि किसानबाट नपाएको गुनासो आएपछि प्रधानमन्त्रीले ‘एक्सन’ लिँदै

कृषिमन्त्रीसहितका अधिकारीलाई सिंहदरबार बोलाईयो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दैछन् ।

प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा बोलाएका छन् ।

किसानलाई आवश्यक पर्ने मलको मौज्दात हुँदा र थप मल आउने क्रम जारी रहँदा पनि किसानले समयमा मल नपाएको गुनासो आएपछि प्रधानमन्त्री ओलीले समस्या समाधानमा उच्च प्राथमिकता दिँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले खेतीपातीको समय हुनु अगावै कृषिमन्त्रीसहित सम्बन्ध अधिकारीसँगको छलफलमा मलको अभाव नहुने गरी काम गर्न र नेपालमै रासायनिक मलको उत्पादन कारखाना खोल्न तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना ल्याउन निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ११ : ५५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा