१८ माघ २०८२, आइतबार | February 1, 2026

कुटपिटबाट घाइते व्यक्तिको मृत्यु



तानसेन । पाल्पामा कुछपिटबाट घाईते भएका एकजनाको मृत्यु भएको छ । पाल्पा रिब्दीकोट-७ पालुङ मैनादीका ४० वर्षिय राम बहादुर अर्गालीको मृत्यु भएको हो ।

गत सनिवार सामान्य विवाद हुँदा भपिन्द्र बहादुर खाम्चाको कुटपिटबाट घाईते भएका अर्गालीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका अर्गालीको तत्काल युनाईटेड मिसन अस्पताल पाल्पामा उपचार गराई सोही दिन घर फर्केकोमा सोमबार आफ्नै घरमै मृत्यु भएको पाल्पा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए ।

घटनाको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय मुझुङ पाल्पाबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान कार्य पश्चात मृतक अर्गालीको शव पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल बुटवल पठाईएको तथा कुटपिट गर्ने भपिन्द्र बहादुर खाम्चालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक प्रधानले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  २ : ३८ बजे

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि

सुक्खा पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

रसुवा । रसुवा जिल्लाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको