२९ मंसिर २०८२, सोमबार | December 15, 2025

१८ हजार कुल क्षमता रहेको नेपालको जेलमा २८ हजार ७१८ कैदीबन्दी



काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार ६५ वर्ष माथिका ६०१ तथा बालबालिका ६४ जना, विदेशी १ हजार ४ सय २७ जना रहेका छन भने महिला १ हजार ५ सय ५० जना रहेको अवस्था छ । त्यसैगरि अहिले पुरुष बन्दी २७ हजार १६८ जना रहेका छन ।

सबैभन्दा बढी बन्दी बलात्कारका मुद्दामा रहेका छन, जसअनससार जबर्जस्ती करणीतर्फ २५.५४, लागुऔषध २४.३७, कर्तव्य ज्यानतर्फ १६.१२, सवारी अंगभंगतर्फ ४.१६, चोरी १३.८२ प्रतिशत कैदीबन्दी रहेका छन ।

देशभरका ७५ वटा कारागार रहेको जानकारी दिदै गृह मन्त्री लेखकले कैदीबन्दी राख्ने कुल क्षमता १८ हजार मात्रै रहेको पनि जनाए । उनका अनुसार कैदीबन्दीलाई सात सय ग्राम चामल र दैनिक ८० रुपैयाँ दिइने गरिएको  छ।

प्रतिबन्दी वर्षको दुई जोर कपडा खरिद गर्न २५ सय, सिरक डस्ना किन्न प्रतिबन्दी ३ हजार वितरण गर्ने गरिएको छ । ‘बिरामीलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गरिँदै आइएको छ,’ लेखकले भने ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १२ : ३६ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर