१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एमाले लुम्बिनी प्रदेशद्वारा सामाजिक अराजकताविरुद्ध दृढतापूर्वक उभिन आह्वान



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनीले वर्तमान प्रदेश सरकारको नेतृत्वमा रुपन्देहीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध कार्यक्रम बनाउने जनाएको छ । जिल्लालाई आर्थिक केन्द्रको रुपमा विकास गर्ने योजना सम्पन्न गर्न सरकारले विशेष जोड दिएको जनाएको हो ।

आज दाङको लमहीमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौंँ पू्र्ण बैठकमा लुम्बिनी प्रदेश सरकारले सुरू गरेका राजधानीका लागि प्रशासकीय भवन, लुम्बिनी प्रादेशिक अस्पताल, रामपुर–कपुरकोट पहाडी लोकमार्ग र लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई पूर्णता दिनेगरी काम अघि बढाएको उल्लेख गरिएको छ ।

बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले एक वर्षमा उल्लेखनीय काम गरेकाले पार्टीका अनुसार सरकारले राजनीतिक स्थायित्व कायम गर्दै अघिल्ला कार्यकालको आयोजनाको निरन्तरता, सहकारी क्षेत्रका बेथितिलाई सम्बोधन र भ्रष्टाचारविरुद्ध दृढ अडान लिएको निष्कर्ष निकालेको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले रुपन्देही–३ को उपनिर्वाचनको नतिजाले २०८४ सालको निर्वाचनको सन्देश दिने भएकाले कार्यकर्तालाई जितका लागि दृढतापूर्वक लाग्न निर्देशन दिइन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रवर्द्धनलाई मुख्य लक्ष्य बनाएर दृढतापूर्वक काम गरिरहेको बताए । मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

एक वर्षे उपलब्धि प्रस्तुत गर्दै उनले पूर्व विशिष्ट पदाधिकारीको सेवा–सुविधा खारेज गरेर नयाँ सन्देश जनस्तरमा पु(याएको, सडक पूर्वाधार, पक्की तथा झोलुङ्गे पुल, कालोपत्र सडक र नयाँ सडक निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गरे ।

उनका अनुसार सरकारका काम–कारबाहीबाट गाउँ र सहर जोडिएका छन् । बैठकलाई केन्द्रिय लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेललेलगायतले सम्बोधन गरेका थिए । बैठकमा १२ जिल्ला अध्यक्षहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ९ : ५५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा