१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पर्वत र बाग्लुङमा चक्लाबन्दी बनाएर फलफूल खेती सुरू भएको प्रधानमन्त्रीले दिए जानकारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्माले कृषिलाई व्यावसायिक र आधुनिक बनाउने कार्यक्रम सरकारले अघि सारेको बताएका छन् ।सामाजिक सञ्जाल फेसबुकमा बिहीबार एक स्ट्याटस राख्दै ओलीले यसको सरकारले कृषि आधुनिकीकरण परियोजना सुरु गरेको जानकारी दिएका हुन् ।

‘निर्वाहमुखी कृषिलाई व्यावसायिक, उत्पादनमुखी, रोजगारमुखी र प्रविधिको प्रयोग मार्फत आधुनिक बनाउन सरकारले कृषि आधुनिकीकरण परियोजना अगाडि सारेको छ, कृषि वस्तुका विषयगत सुपर जोन, जोन र  एकाइहरू बनाएर उत्पादन बढाउने लक्ष्य लिइएको छ’, उनले लेखेका छन् ।

कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रूपमा फलफूल तथा तरकारी खेती थालिएको पनि प्रधानमन्त्रीले जानकारी दिए ।

कृषि कर्मबाट नै रोजगारी सिर्जना हुने प्रधानमन्त्रीको विश्वास छ। ‘कृषिलाई परम्पराबाट आधुनिक व्यवसाय बनाएपछि यसले उत्पादन बढाउने मात्रै नभएर रोजगारी पनि सिर्जना गर्ने छ’, उनले लेखेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ९ : ५१ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा