१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘भारतसँगको सम्बन्धबाट नेपालले लाभ लिन सक्नुपर्छ’



काठमाडौँ । नेपालले छिमेकी मुलुक भारतसँगको सम्बन्धबाट लाभ लिन सक्नुपर्नेमा जोड दिइएको छ ।

भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाल भारतमैत्री समाजले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताहरुले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई आपसी हित र पारस्परिक लाभको रुपमा विकसित गर्नुपर्नेमा जोड दिए । भारतको आर्थिक समृद्धि, सूचना र प्रविधिको क्षेत्रमा गरेको प्रगतिबाट नेपालले फाइदा लिएर तीव्र विकासको दिशामा अघि बढ्नुपर्ने वक्ताहरुको भनाइ छ ।

पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपाल र भारतबीचको अभूतपूर्व सम्बन्धलाई पारस्परिक लाभको रुपमा उपयोग गर्न सक्नुपर्ने बताए । उनले भने, “नेपाल र भारतबीचको सम्बन्ध विश्वकै अनुपम छ । खुला सिमाना, भाषा, भेषभूषा, संस्कृति, रहनसन आदि कारणले दुई देशको सम्बन्धको बहुआयामिक महत्व छ । त्यसैले आर्थिक प्रगतिका हिसाबले विश्वको तेस्रो मुलुक भारतको प्रगतिबाट नेपाल लाभान्वित हुन सक्नुपर्दछ ।”

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाल र भारतबीच अन्योन्याश्रित सम्बन्धलाई थप बलियो बनाउनुपर्ने बताए । “दुई देशबीचको भौगोलिक र सांस्कृतिक सम्बन्धलाई पारस्परिक हित र स्वार्थलाई केन्द्रमा राखेर सम्बन्धलाई बलियो बनाउनुपर्छ । केही समस्या छ भने पनि त्यसलाई चरणबद्ध समाधान गर्दै आर्थिक सम्बन्धलाई विस्तार गर्नुपर्छ”, उनले भने ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दुई देशबीचको सामाजिक, सांस्कृतिक, धार्मिक र आध्यात्मिक सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने धारणा राखे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले दुई देशबीचको सम्बन्धबाट आर्थिक समृद्धिको दिशामा लाभ लिन सक्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णीम वाग्लेले कृषि, ऊर्जा, पर्यटन, सूचना र प्रविधिका क्षेत्रमा भारतीय लगानी भित्र्याउने कार्यमा ध्यान दिइनुपर्ने आवश्यकता औँल्याए ।

नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले भारतको प्रगतिबाट नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिए । भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) राकेश पाण्डेले सामाजिक र सांस्कृतिक हिसाबले दुवै देशबीचमा जनस्तरमा घनिष्ट र प्रगाढ सम्बन्ध रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले भारतसँगको कूटनीतिक सम्बन्धलाई फराकिलो बनाएर प्रविधि, पर्यटनलगायत क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखिन् । नागरिक समाजका अगुवा डा सुन्दरमणि दिक्षितले दुई देशबीचको जनता–जनताबीचको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताए ।

नेपाल–भारतमैत्री समाजका अध्यक्ष प्रेम लस्करीले सनातनदेखि नै नेपाल–भारतबीच भेषभूषा, धर्म, संस्कृति र नदीनालाले जोडेको बहुआयामिक सम्बन्धलाई कसैले चाहँदैमा नडगमगाउने बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ९ : २९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा