२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

भारतीय विदेशसचिव विक्रम मिश्री आइतबार काठमाडौं आउँदै



काठमाडौं । भारतका विदेशसचिव विक्रम मिश्री भोलि आइतबार दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदैछन्।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल आगमनबारे जानकारी दिएको हो।

भ्रमणको क्रममा मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण तयारीसँगै उनको भेटघाट महत्वपूर्ण मानिएको छ। प्रधानमन्त्री ओली भदौ अन्तिम सातातिर भारत जाने तयारीमा छन्।

मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा नेपाल–भारत साझेदारीका विभिन्न पक्षबारे दुवै देशका परराष्ट्र सचिवबीच विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुईदिने नेपाल बसाइ पूरा गरी मिश्री भदौ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ३ : २८ बजे

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको