काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज (आइतबार) दिउँसो विशेष विमानमार्फत नेपाल आउँदैछन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारीमा छन् ।
काठमाडौं ओर्लेपछि मिश्रीले परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा लगायत उच्चपदस्थ राजनीतिक नेतृत्वसँग भेट गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–भारत साझेदारीका विभिन्न पक्ष, कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका विषयमा दुवै देशका परराष्ट्र सचिवबीच छलफल हुने छ । भारतको विदेश मन्त्रालयले पनि नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिइएको र बलियो मैत्रीपूर्ण सम्बन्ध रहेको जनाएको छ ।
प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीको भारत भ्रमण हुन लागेको हो । यसपटकको भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र ओलीबीच बिहारस्थित बोधगयामा विशेष भेटवार्ता गर्ने तयारी गरिएको छ ।


















प्रतिक्रिया