७ आश्विन २०८३, बुधबार | September 23, 2026

वैशाखदेखि हालसम्म विपद्का दुई हजार ८५३ घटना



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना भएको जनाएको छ । ती घटनामा परेर एक सय २६ जनाको मृत्यु भएको छ भने पाँच सय ८५ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार विपदमा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका छन् । देशभर बाढीका दुई सय १६, पहिरोका तीन सय १७, भारी वर्षाका दुई सय २१, चट्याङका दुई सय ४५, सर्पदंशका ७७ घटना घटेका छन् ।

त्यसैगरी, आगलागीका एक हजार ११४, डढेलोका एक सय ५८, हुरीबतासका दुई सय ७७, जनावर आक्रमणका एक सय ७२, लेक लागेको ४६, भूकम्पका पाँच, डुङ्गा पल्टेर दुई, असिना हुरी र अन्यका एक-एकवटा विपद्का घटना घटेका छन् ।

प्राधिकरणका अनुसार साउन ३१ गते मात्र आगलागीका सात, बाढीका एक, पहिरोका आठ, अविरल वर्षाका चार, जनावर आक्रमणका तीन घटना घटेका छन् ।

विपदमा परेर एक जनाको ज्यान गएको छ । अनुमानित क्षति ३८ लाख ४० हजार रुपैयाँ बराबर भएको छ । विपदबाट प्रभावितको खोज, उद्धार र राहतका लागि एक सय ४० प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ८ : २४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई