११ माघ २०८२, आइतबार | January 25, 2026

काठमाडौं आइपुगे भारतीय विदेशसचिव विक्रम मिस्री



काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव विक्रम मिस्री दुईदिने नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनका भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निम्तो बोकेर मिश्री काठमाडौं आएका हुन् । उनले अहिले प्रधानमन्त्रीसँग भेट गरेर सो निम्तो बुझाउँदैछन् ।

भ्रमणका क्रममा आजै दुई परराष्ट्र सचिवहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा केन्द्रित रही नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

विदेशसचिव मिस्रीले भ्रमणका दौरान नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले भ्रमण सम्पन्न गरी भोलि भदौ २ गते काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण परराष्ट्र सम्बन्ध रहिआएको छ । विदेशसचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर हुने बताइएको छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  १० : २४ बजे

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

बुटवलमा पाँचौँ युवा उद्यमी सम्मेलन सम्पन्न, ‘जनतासँग जोडिएको क्षेत्रमा लगानी गरौँ’ : नगर प्रमुख पाण्डे

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर

केपी ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

जनकपुरमा गर्ने भनिएको कांग्रेसको मधेशसभा स्थगित

काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा गर्ने भनिएको