२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

प्रचण्डलाई भेटे भारतीय विदेशसचिव मिश्रीले, द्विपक्षीय सम्बन्धबारे छलफल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशसचिव विक्रम मिश्रीले भेटवार्ता गरेका छन् ।

नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार बिहान काठमाडौं आइपुगेका सचिव मिश्रीले प्रचण्ड निवास खुमलटार पुगेर सभामुखसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटवार्तामा नेपाल–भारतबीचको परस्पर हितका विषयहरू, आपसी सम्बन्धलाई अझ मजबुत पार्ने उपायहरू र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा दुवै मुलुकबीच सहकार्यलाई अघि बढाउने सम्भावनाबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि सचिव मिश्रीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्रीको निम्तो बोकेर मिश्री नेपाल भ्रमणमा आएका हुन् । उनले सो निम्तो प्रधानमन्त्री केपी ओलीलाई बुझाएका छन् । प्रधानमन्त्री ओली भदौको अन्तिम साता भारत भ्रमणमा जाँदैछन् ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ४ : ३७ बजे

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको