११ माघ २०८२, आइतबार | January 25, 2026

प्रचण्डलाई भेटे भारतीय विदेशसचिव मिश्रीले, द्विपक्षीय सम्बन्धबारे छलफल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशसचिव विक्रम मिश्रीले भेटवार्ता गरेका छन् ।

नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार बिहान काठमाडौं आइपुगेका सचिव मिश्रीले प्रचण्ड निवास खुमलटार पुगेर सभामुखसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटवार्तामा नेपाल–भारतबीचको परस्पर हितका विषयहरू, आपसी सम्बन्धलाई अझ मजबुत पार्ने उपायहरू र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा दुवै मुलुकबीच सहकार्यलाई अघि बढाउने सम्भावनाबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि सचिव मिश्रीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्रीको निम्तो बोकेर मिश्री नेपाल भ्रमणमा आएका हुन् । उनले सो निम्तो प्रधानमन्त्री केपी ओलीलाई बुझाएका छन् । प्रधानमन्त्री ओली भदौको अन्तिम साता भारत भ्रमणमा जाँदैछन् ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ४ : ३७ बजे

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

बुटवलमा पाँचौँ युवा उद्यमी सम्मेलन सम्पन्न, ‘जनतासँग जोडिएको क्षेत्रमा लगानी गरौँ’ : नगर प्रमुख पाण्डे

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर

केपी ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

जनकपुरमा गर्ने भनिएको कांग्रेसको मधेशसभा स्थगित

काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा गर्ने भनिएको