२८ असार २०८३, आइतबार | July 12, 2026

वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन



काठमाडौं । वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन भएको छ । आइतबार राति साढे ९ बजे उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उनले अन्तिम श्वास लिए । लामो समयदेखि श्वासप्रश्वासलगायत रोगबाट पीडित नन्दनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गीत, गजल र कविता लेखनमा सक्रिय नन्दनले चार गीति-संग्रह, एक लघु-काव्य र एक कविता-संग्रह प्रकाशित गरेका छन् । वि.सं. २०११ सालमै ‘झटारो’ गीतिसंग्रह प्रकाशित गरेका उनका गीत नेपाली चलचित्रमा पनि समावेश भएका छन् । राष्ट्रकवि माधव घिमिरेले नन्दनलाई नेपाली साहित्यका ‘गोल सिमल’ भन्दै सम्मान गरेका थिए ।

उनका प्रकाशित कृतिहरूमध्ये झटारो, अञ्जली, सपनीबाट ब्यूझेर, विपनीका पाइला, ऐना भित्रको आकाश गीति-संग्रह, सिद्धार्थको ग्रह त्याग (लघु-काव्य) र पत्रम् पुष्पम् (कविता-संग्रह, २०७७) प्रमुख छन् ।

१९९२ साल जेठमा तनहुँको बन्दीपुरमा जन्मिएका नन्दन पछिल्लो समय नारायणगढमा बस्दै आएका थिए । उनका गीतमा नातिकाजी, शम्भुजित बाँस्कोटा, गोपाल योञ्जनलगायतका संगीतकारले संगीत दिएका छन् भने आशा भोस्ले, सुरेश वाडकर, नगत अजिज, उदित नारायण, दिपा झा, प्रेमध्वज प्रधान, शिव शंकर, प्रसाद श्रेष्ठलगायतका गायक-गायिकाले स्वर दिएका छन् ।

नन्दनले छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, राष्ट्रिय स्रष्टा सम्मान २०७७, नारायणी प्रज्ञा पुरस्कार २०७८ लगायतका सम्मान पाएका थिए। उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ९ : ३१ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै