१५ भदौ २०८३, सोमबार | August 31, 2026

गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश



काठमाडौं । सर्वोच्च अदालतले १९ वर्षअघिको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासबाट हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी भएको हो । यससँगै २८ जनाको ज्यान जाने गरी भएको त्यो घटनाको अनुसन्धान र अभियोजन प्रक्रिया अघि बढ्ने भएको हो।

२०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालिन नेकपा (माओवादी)का कार्यकर्तामाथि मधेसी जनअधिकार फोरमका कार्यकर्ताले अन्धाधुन्ध आक्रमण गर्दा २८ माओवादी कार्यकर्ताको हत्या भएको थियो ।

सर्वोच्चले परमादेश जारी गरेपछि पूर्वमाओवादी नेता एवं आम जनता पार्टीका अध्यक्ष सांसद प्रभु साहले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन् लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका पीडितहरूमा आशा पलाएको छ। शीघ्र न्याय सुनिश्चित भई दोषीहरू कानुनको दायरामा आउने विश्वास लिएको छु।”

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ५ : २५ बजे

एसिसी प्रिमियर कप : नेपालले आज बहराइनविरुद्ध खेल्दै

काठमाडौं । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो

भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै