२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

बिमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त



काठमाडौं । सरकारले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग गरेर नियुक्ति लिएको ठहर गर्दै पदमुक्त गरेको छ । सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

ओझाको नियुक्ति सुरुदेखि नै विवादास्पद बनेको थियो । विवाद गहिरिएपछि गत असार ३० गते मन्त्रिपरिषदले छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा समिति गठन गरेको थियो । समितिले उनी अध्यक्ष बन्ने योग्यता नपुग्ने र फर्जी कागजात पेस गरेर पद हात पारेको ठहर गरेको थियो ।

समितिको प्रतिवेदन सार्वजनिक भएपछि ओझा त्यही दिनदेखि पदमा निलम्बित भएका थिए । अन्ततः सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई औपचारिक रूपमा पदमुक्त गर्ने निर्णय गरेको हो ।

ओझालाई गत फागुन १२ गते मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । कञ्चनपुर घर भएका ओझाको नियुक्ति करिब छ महिनामै विवाद र बर्खास्तीमा टुंगिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ६ : ३८ बजे

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तरराष्ट्रिय