३ असार २०८३, बुधबार | June 17, 2026

उपसभामुख हटाउने तयारीमा सत्ता गठबन्धन, सांसदलाई आकस्मिक बैठकमा बोलावट



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले आफ्ना सांसदलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाएका छन् । कांग्रेसका एक सांसदका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म आफ्ना सांसदलाई दलको कार्यालयमा उपस्थित हुन भनिएको छ । उनका अनुसार आकस्मिक बैठकको प्रयोजन हस्ताक्षर संकलनसँग सम्बन्धित रहेको छ ।

यस्तै, एमालेले पनि आफ्ना सांसदलाई बिहान साढे १० बजे दलको कार्यालयमा उपस्थित हुन सूचना पठाएको छ । उपसभामुख इन्दिरा रानामगरले संसद सचिवालयको लेटरप्याड प्रयोग गरी विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि लामो समयदेखि छानबिनको माग भइरहेको छ ।

सत्तारूढ दलहरूले उपसभामुखलाई पदबाट हटाउने योजनाअनुसार आकस्मिक बैठक बोलाइएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ११ : ३५ बजे

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

गण्डकी । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण

चिया निर्यात समस्या समाधान गर्न सरकारसँग कांग्रेस सचेतक राईको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले भारततर्फ नेपाली

विपक्षी दलले उठाए सभामुख अर्यालमाथि प्रश्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउन

नेपाल टेलिभिजनको समान खरिद प्रकरण : चार सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था

खुकुरी देखाएर युवतीलाई यातना दिने युवक लागुऔषधसहित पक्राउ

दाङ । खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि