२८ असार २०८३, आइतबार | July 12, 2026

उपसभामुख हटाउने कोसिसको माओवादी अध्यक्ष प्रचण्डद्वारा विरोध



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारूढ दलहरूको प्रयासको विरोध गर्ने बताएका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले कांग्रेस-एमालेले उपसभामुखलाई हटाउन खोज्नु गल्ती हुने टिप्पणी गर्दै माओवादीले त्यसको विरोध गर्ने स्पष्ट गरे ।

उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकारले बनेदेखि अहिलेसम्म गल्तीबाहेक राम्रो काम गर्न नसकेको आरोप लगाए । प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाति महिलालाई अनाहकमा हटाउने प्रयास गलत भएको बताए । साथै, उपसभामुख रानामाथि यसअघि लगाइएको आरोप कपोकल्पित रहेको जिकिर गर्दै उनको बचाउ गरे ।

उपसभामुख राना असम्बन्धित व्यक्तिहरूलाई अमेरिका पठाउन अमेरिकी दूतावासलाई पत्र लेखेको आरोपसँगै विवादमा तानिएकी थिइन् ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  २ : २६ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै