काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारूढ दलहरूको प्रयासको विरोध गर्ने बताएका छन् ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले कांग्रेस-एमालेले उपसभामुखलाई हटाउन खोज्नु गल्ती हुने टिप्पणी गर्दै माओवादीले त्यसको विरोध गर्ने स्पष्ट गरे ।
उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकारले बनेदेखि अहिलेसम्म गल्तीबाहेक राम्रो काम गर्न नसकेको आरोप लगाए । प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाति महिलालाई अनाहकमा हटाउने प्रयास गलत भएको बताए । साथै, उपसभामुख रानामाथि यसअघि लगाइएको आरोप कपोकल्पित रहेको जिकिर गर्दै उनको बचाउ गरे ।
उपसभामुख राना असम्बन्धित व्यक्तिहरूलाई अमेरिका पठाउन अमेरिकी दूतावासलाई पत्र लेखेको आरोपसँगै विवादमा तानिएकी थिइन् ।



















प्रतिक्रिया